बिएल संवाददाता
दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन्।
मङ्गलबार साँझ क्वेटाबाट ८० किलोमिटर पूर्वमा रहेको खोस्टको खानी क्षेत्रको निजी कोइला खानीमा ग्याँस विस्फोट भएको र १० जना जमिनबाट करिब आठ सय फिट गहिराइमा फसेका थिए।
उद्धार टोलीले राति नै दुईवटा मृत शरिरलाई भग्नावशेषबाट निकालेको बलुचिस्तान प्रान्तस्थित उक्त खानीका प्रमुख निरीक्षक घानी बलोचले बताए।
खानीमा बाँकी कामदारहरू जीवित हुन सक्ने सम्भावना क्षीण रहेको तर वेपत्ता सबैको उद्धारको प्रयास भइरहेको उनले बताए।
आफ्नो सहकर्मीहरूलाई बचाउने प्रयास गर्ने आठ जनाको समूह पनि लामो समय सम्म फसेको र पछि सरकारी उद्धार टोलीले केहीलाई बेहोस अवस्था र अन्यलाई सकुशल सुरक्षित स्थानमा ल्याएको बताएका थिए।
सरकारको खानी विभागका साथै विपद् व्यवस्थापन एजेन्सीका उद्धार टोलीहरू घटनास्थलमा छन्।
खानीमा कार्बन मोनोअक्साइड ग्यासको सञ्चयले विस्फोट हुँदा खानी भासिएको बलोचले बताए।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया