
बिएल संवाददाता
जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ।
एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणबारे टिप्पणी गर्न भने अस्वीकार गरे। 'यी नयाँ विमानहरूको खरिदले उत्तर अमेरिका, एशिया र भारतजस्ता क्षेत्रहरूमा प्राथमिक ध्यान केन्द्रित गर्दै एयरलाइन्सको अन्तर्राष्ट्रिय आवागमनको क्षमता बढाउने र विस्तार गर्ने लक्ष्य राखेको छ,' जापान एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'जापान एयरलाइन्स समूह कार्बन डाइअक्साइड उत्सर्जन घटाउने लक्ष्य हासिल गर्ने प्रयासको एक भागको रूपमा ईन्धन–कुशल विमानको परिचयलाई निरन्तर अगाडि बढाउन प्रतिबद्ध छ,' विज्ञप्तिमा भनिएको छ।
जापानले आर्थिक वर्ष २०३० सम्ममा सन् २०१९ को तुलनामा कूल उत्सर्जनमा १० प्रतिशतले कमी ल्याउने र आर्थिक वर्ष २०५० सम्ममा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया