बिएल संवाददाता
कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ।
जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ।
अजय रायले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका थिए। तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो।
लोकसभा चुनाव २०१९ मा प्रधानमन्त्री मोदीले समाजवादी पार्टीकी शालिनी यादवलाई ४ लाख ८० हजार मतले पराजित गरे।
शालिनी यादव अहिले भाजपामा प्रवेश गरेकी छन्। उक्त निर्वाचनमा अजय रायले १ लाख ५२ हजार ५४८ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए।
गत लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी सिटबाट ६३.६२ प्रतिशत मत पाएका थिए भने अजय रायले १४.३८ प्रतिशत मत पाएका थिए।
२०१४ को लोकसभा चुनावमा अजय रायले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा चुनाव लडेका थिए र त्योबेला उनी दोस्रो भएका थिए।
कांग्रेसले हालसम्म ५४३ लोकसभा सिटमध्ये १८५ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ। कांग्रेसले चौथो सूचीमा धेरै दिग्गज नेतालाई टिकट दिएको छ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया