बिएल संवाददाता
कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ।
जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ।
अजय रायले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका थिए। तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो।
लोकसभा चुनाव २०१९ मा प्रधानमन्त्री मोदीले समाजवादी पार्टीकी शालिनी यादवलाई ४ लाख ८० हजार मतले पराजित गरे।
शालिनी यादव अहिले भाजपामा प्रवेश गरेकी छन्। उक्त निर्वाचनमा अजय रायले १ लाख ५२ हजार ५४८ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए।
गत लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी सिटबाट ६३.६२ प्रतिशत मत पाएका थिए भने अजय रायले १४.३८ प्रतिशत मत पाएका थिए।
२०१४ को लोकसभा चुनावमा अजय रायले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा चुनाव लडेका थिए र त्योबेला उनी दोस्रो भएका थिए।
कांग्रेसले हालसम्म ५४३ लोकसभा सिटमध्ये १८५ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ। कांग्रेसले चौथो सूचीमा धेरै दिग्गज नेतालाई टिकट दिएको छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया