बिएल संवाददाता
मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ।
मङ्गोलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबतार प्रान्त चिसोले सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ करिब १४ लाख अर्थात् कुल पशु संख्याको ३८.६ प्रतिशतको मृत्यु भएको छ।
मङ्गोलियाको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियमा यस वर्षको जाडोमा सामान्य भन्दा धेरै हिउँ खेप्नु परेकाले देशको ८० प्रतिशत भन्दा बढी क्षेत्र सय सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ।
मङ्गोलियाले कठोर जाडोसँगै पशुधनको ठूलो क्षति भएपछि प्रकोप तयारी र उच्च सतर्कता बढाएको छ।
भूपरिवेष्ठित राष्ट्र मङ्गोलियामा खानीपछि पशुपालनलाई दोस्रो ठूलो आर्थिक स्रोतका रुपमा लिइन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया