बिएल संवाददाता
मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ।
मङ्गोलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबतार प्रान्त चिसोले सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ करिब १४ लाख अर्थात् कुल पशु संख्याको ३८.६ प्रतिशतको मृत्यु भएको छ।
मङ्गोलियाको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियमा यस वर्षको जाडोमा सामान्य भन्दा धेरै हिउँ खेप्नु परेकाले देशको ८० प्रतिशत भन्दा बढी क्षेत्र सय सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ।
मङ्गोलियाले कठोर जाडोसँगै पशुधनको ठूलो क्षति भएपछि प्रकोप तयारी र उच्च सतर्कता बढाएको छ।
भूपरिवेष्ठित राष्ट्र मङ्गोलियामा खानीपछि पशुपालनलाई दोस्रो ठूलो आर्थिक स्रोतका रुपमा लिइन्छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया