बिएल संवाददाता
इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ।
उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ। हमास लडाकुहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन्।
इजराइली सेनाले गाजाको सबैभन्दा ठुलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टा पछि सोमबार मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो।
“इजराइली सेनाले गरेको कारबाहीमा विगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,” गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले सोमबार बताए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया