बिएल संवाददाता
तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ।
मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ। कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, 'उद्धार कार्य जारी छ। छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ।'
मन्त्रालयले रुसको सीमामा रहेको उत्तर र पूर्वका पाँच क्षेत्रमा स्थिति ‘जटिल’ रहेको भन्दै ५० बस्तीसँग सडक सम्पर्क विच्छेद भएको बताएको छ।
कजाख राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले बाढीका लागि तयार नभएकामा सोमबार सार्वजनिकरूपमा सरकारी अधिकारीहरूलाई गाली गरे। 'विज्ञहरूको कमीका कारण पूर्वानुमानको काम पूर्णतः अनुपस्थित थियो', उनले भने, 'स्थानीय नेताहरूले योजनाबद्ध तरिकाले बाढी नियन्त्रणको उपाय गरेका भए मौसमको अवस्थालाई ध्यानमा राख्दा पनि विपद्को नतिजा र मापन कम हुनसक्थ्यो।'
प्रधानमन्त्री ओल्जास बेक्टेनोभले मङ्गलबार बाढीबाट प्रभावितहरू पहिला कहिले पनि प्रभावित नभएको बताए। उनले प्रभावित क्षेत्र खाली गर्ने आह्वानको विरोध नगर्न नागरिकहरूसँग आग्रह गरे।
आपत्कालीन मन्त्रालयले जारी गरेको भिडियो फुटेजमा मानिसहरूको उद्धार गरिनुका साथै बढ्दो पानीमा फसेका ऊँटहरूलाई रबरको डुङ्गामा लैजाँदै गरेको देखाइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया