बिएल संवाददाता
भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ।
अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो।
तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ दिनका छन्। एउटी छोरी करिब एक महिनाकी छिन्। सीबीआईले अस्पतालका वार्ड ब्वाईसहित ७ जनालाई पक्राउ गरेको छ। जसमा धेरै महिलाहरु परेका छन्।
सीबीआई स्रोतका अनुसार आरोपीहरूलाई एनसीआर क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूले अस्पतालबाट नवजात शिशुहरू चोर्ने गर्थे।
त्यसपछि कालोबजारीमा सामानजस्तै कारोबार भयो। बच्चाका लागि करिब ४ देखि ५ लाख रुपैयाँमा सम्झौता हुन्थ्यो। मार्चमा मात्रै करिब १० बालबालिका बेचिएका छन्।
खोजी कार्यका क्रममा साढे पाँच लाख नगद र धेरै कागजपत्रलगायत आपत्तिजनक वस्तु बरामद भएको छ। सीबीआईले धेरै राज्यहरूमा बाल बेचबिखनको अनुसन्धान गरिरहेको छ। देशका धेरै ठूला अस्पताल बाल बेचबिखनको चपेटामा परेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया