बिएल संवाददाता
रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।
तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लिँदा तथा भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने धेरै जसो नदीहरूले खतराको सतह पार गरेका छन्। टियूमेन क्षेत्रका अधिकारीहरूका अनुसार पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको छ। अधिकारीहरूले इशिम र टोबोल नदी अप्रिल २३–२५ मा उच्चस्तरमा पुग्ने अनुमान गरेका छन्।
अधिकारीहरूका अनुसार ओरनबर्गमा युराल नदी ११ दशशमलव २९ मिटर (३७ फिट) पुगेको छ। यो निर्धारित खतराको स्तरभन्दा दुई मिटर माथि हो। सहरका केही भागमा पानीमाथि घरहरूको छत मात्र देख्न सकिन्छ।
क्षेत्रीय अधिकारी सर्गेई बालिकिनले आरआइए नोभोस्ती राज्य समाचार एजेन्सीलाई ओरेनबर्गमा शुक्रबार वा शनिबार मात्र बाढी आउने जानकारी दिए। अधिकारीहरूका अनुसार चार लाखभन्दा बढी जनसङ्ख्यामध्ये १० हजार सात सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले करिब ११ हजार सात सय घर डुबेका छन्।
बाढीको जोखिमका करण पूर्वमा कुर्गान र तोम्स्क क्षेत्रका धेरै गाउँलाई पनि खाली गरिएको छ। रुस र कजाकिस्तानमा करिब एक लाख मानिसले बाढीका कारण घर छाडेको अनुमान गरिएको छ। बाँध फुटेपछि समस्याग्रस्त ओर्स्कमा अधिकारीहरूले सुधार भएको बताएका छन्। सहरका आक्रोशित बासिन्दाहरूले सङ्कटको व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै दुर्लभ प्रदर्शन गरेको बताइएको छ। बाढी र जलवायु परिवर्तनको कुनै प्रत्यक्ष सम्बन्ध भएको नपाइए पनि विज्ञहरूले उच्च तापक्रमले भएको भीषण वर्षाले बाढी निम्त्याएको बताएका छन्।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया