
बिएल संवाददाता
इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ।
इरानले जहाज कब्जा गरेको घोषणा गरेपछि इजरायली सेनाले यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको छ।
इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन्। सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ।
इन्डियन एक्सप्रेसका अनुसार पोर्चुगिज झण्डाको कार्गो जहाज एमएससी एरीजमा २५ चालक दलका सदस्य मध्ये १७ जना भारतीय रहेका छन्। समाचारअनुसार भारतीय नागरिकको सुरक्षा र चाँडो रिहाइ सुनिश्चित गर्न भारत इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आक्रमण भएको देख्न सकिन्छ। बोर्डमा चालक दलका सदस्यले भनेको सुन्न सकिन्छ, ‘बाहिर नआउ’। जहाज कब्जामा लिइएको हेलिकप्टर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डको थियो।
सो कार्गो जहाजमा इजरायली व्यापारी इअल अफरको पनि स्वामित्वमा रहेको जनाइएको छ।
- एजेन्सी
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया