बिएल संवाददाता
जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमार उत्तर पूर्वी दिल्लीबाट चुनावी मैदानमा उत्रिएका छन्।
बिहारको राजनीतिमा बढी सक्रिय देखिएका उनी फेरि एकपटक केन्द्रीय राजधानी दिल्ली फर्केका हुन्।
वामपन्थी पृष्ठभूमिबाट राजनीतिमा उदाएका पूर्वविद्यार्थी नेता कन्हैया कुमारलाई कंग्रेसले उत्तर पूर्वी दिल्लीबाट टिकट दिएपछि युवापंक्ति उत्साहित बनेको छ।
‘लोकसभा निर्वाचन’मा दोस्रो पटक चुनावी मैदानमा उत्रिएका उनी प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको टाउको दुःखाइ बन्दै आएका छन्। उनै कन्हैया अब मनोज तिवारीसँग भिड्दैछन्।
विगत केही दिनदेखि कंग्रेसले कन्हैयालाई उत्तर पूर्वी दिल्लीबाट उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो। आइतबार ‘कंग्रेस हेडक्वाटर’द्वारा जारी उम्मेदवारको सूचीमा कन्हैया कुमारको नामसमेत समावेश गरिएको छ।
भारतीय राजनीतिक रंगमञ्चमा चर्चा हुँदैछ कि कुन रणनीतिअन्तर्गत कन्हैया कुमारलाई दिल्लीबाट उम्मेदवार बनाइयो! उत्तर पूर्वी दिल्लीको लोकसभा निर्वाचन क्षेत्रमा यूपी, बिहार र हरियाणाको बेग्लै प्रभाव छ।
कन्हैया कुमार उम्मेदवार बनेको सीटमा पूर्वान्चली मतदाताहरूको संख्या निर्णायक मानिन्छ। त्यसकारण पनि उनलाई कंग्रेसले उम्मेदवार बनाएको दाबी गर्न सकिन्छ। अर्कोतिर भाजपाले मनोज तिवारीलाई यसै सिटबाट लगातार तेस्रोपटक उम्मेदवार बनाएको छ।
सन् २०१४ र २०१९ को चुनावमा उनी ठूलो मतान्तरले विजयी बने। तर यसपालि उनलाई कन्हैया कुमारले टक्कर दिँदैछन्।
जेएनयुमा रहँदा उनका हरेक ‘नारा, हरेक भाषण’ सामाजिक सञ्जालमा भाइरल हुन्थे। युवाहरूमाझ उनको असाध्यै लोकप्रियता थियो। अहिले फेरि त्यही लोकप्रियतालाई पुँजीकरण गर्ने प्रयास कंग्रेस गरेको छ।
कंग्रेसले एक भाजपाको लोकप्रिय अनुहार तिवारीको अगाडि अर्को लोकप्रिय अनुहार कन्हैयालाई मैदानमा उतारेको छ। जे होस्, कन्हैया कुमारका कारण भारतीय गठबन्धनले युवाहरूलाई रिझाउन सक्दो प्रयास गर्नेछ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया