बिएल संवाददाता
अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएका छन्।
मृतकको संख्या ७० तथा घाइतेको संख्या ५० भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताएका छन्।
विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको सङ्ख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई बताए।
यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए।
गत हप्तामा वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हँुदा दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।
अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ, भने देशको मौसम निर्देशालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया