बिएल संवाददाता
सप्ताहन्तमा पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ। घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार एएफपीलाई बताएका छन्
घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा चट्टान खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन्।
'गत रातिको आँकडाअनुसार हामीले ३७ शव रेकर्ड गरेका छौँ तर आज बिहान यो सङ्ख्या बढेर ४१ पुगको छ', पश्चिम सुमात्रा विपद् न्यूनीकरण एजेन्सीका अधिकारी इल्हाम वहाबले एएफपीलाई भने। उनका अनुसार अझै पनि उद्धारकर्ताहरूले बेपत्ता १७ जनाको खोजी गरिरहेका छन्। यसमा अगम जिल्लामा तीन र तानाह दातारमा १४ जना छन्। दुवै जिल्ला बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्। यहाँ लाखौँ मानिस बस्छन्।
अधिकारीहरूले मानिसहरूलाई आफन्तहरूको लगायत सुरक्षित स्थनामा जान प्रोत्साहित गरेका कारण इल्हामले खाली गरिएका स्थानीयहरूको सङ्ख्या भने पुष्टि गर्न सकेनन्। उनले पहिले, पीडितहरूको खोजी र उद्धार, गरी दोस्रो चरणमा विस्थापितहरूको सुरक्षा, कमजोर मानिसहरूको सुरक्षामा केन्द्रित रहेको बताए। 'हाम्रो ध्यान सबैभन्दा पहिला पीडितहरूको खोजी र उद्धारमा छ, दोस्रो निकालिका र कमजोर मानिसको सुरक्षामा छ', उनले भने।
स्रोतका अनुसार जिल्लाका सडकहरू नदीमा परिणत भएका छन् भने मस्जिद तथा घरहरू क्षतिग्रस्त भएका छन्। भारी वर्षाले छेउछाउका इलाकाहरूलाई माटोसहितको बाढीको पानीले डुबाएको छ र नजिकैको नदीमा सवारी साधनहरू बगाएको छ। ज्वालामुखीको खरानी र ठुला चट्टानहरू माउन्ट मारापीबाट तल झरेका छन्।
लहर पनि भनिने चिसो लाभा खरानी, बालुवा र कङ्कडसहितको ज्वालामुखीय सामग्री हो र यिनीहरू वर्षाले ज्लालामुखीको ढलानमुनि आउँछन्।
अधिकारीहरूले बेपत्ता पीडितहरूको खोजी गर्न र मानिसहरूलाई आश्रयस्थलमा लैजान उद्धारकर्ता र रबर डुङ्गाहरूको टोली पठाएका छन्। स्थानीय सरकारले आगम र तानाह दातारका धेरै क्षेत्रमा निकासी केन्द्र र आपत्कालीन चौकीहरू स्थापना गरेको छ।
राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले तानाह दातारमा ८४ वटा घर, १६ वटा पुल र दुई मस्जिद सहित २० हेक्टर धान खेतमा क्षति पुगेको जनाएको छ।
इन्डोनेसियामा वर्षाको मौसममा पहिरो र बाढीको जोखिम हुन्छ। सन् २०२२ मा सुमात्रा टापुमा आएको बाढीमा करिब २४ हजार मानिसलाई बाहिर निकालिएको थियो भने दुई बालबालिकाको मृत्यु भएको थियो। वातावरणीय अभियानकर्ताहरूले प्रकोप निम्तिनुमा वन विनाशलाई दोष दिएका छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया