
बिएल संवाददाता
पश्चिम भारतको महाराष्ट्र राज्यमा मङ्गलबार एउटा सुखोई लडाकु विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
पाइलट र को–पाइलट दुवै सकुशल बाहिर निस्किएका छन्। तर उनीहरूलाई सामान्य चोट लागेको छ।
महाराष्ट्रको राजधानी मुम्बईबाट एक सय ९४ किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको शिरसगाउँ गाउँमा उड्ने क्रममा विमान दुर्घटना भएको हो।
“पाइलटहरूले एक प्राविधिक समस्या रिपोर्ट गरेका थिए। विस्तृत अनुसन्धानपछि मात्र सही कारण थाहा हुनेछ”, भारतको सरकारी स्वामित्वको एयरोस्पेस र रक्षा कम्पनी एचएएलले विज्ञप्तिमा भनेको छ।
दुवै पाइलटलाई एचएएल अस्पतालमा सारिएको समाचारमा जनाइएको छ। अधिकारीहरूका अनुसार दुर्घटनापछि विमानमा आगो लागेको र पछि निभाइएको थियो।
सुखोई लडाकु जेट रुसमा निर्मित दुई इन्जिन, दुई सिट भएको चौथो पुस्ताको लडाकू विमान हो। यो विमान एचएएलद्वारा इजाजतपत्र अन्तर्गत निर्माण गरिएको हो र भारतीय वायुसेनामा २० वर्षभन्दा बढी समयदेखि सञ्चालन भइरहेको छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया