बिएल संवाददाता
उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।
उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ) ले हिजो पाँच शव फेला पारेपछि घटनास्थलबाट थप चार शव फेला पारेको छ। एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ। मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए।
उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ। 'अपरेसनमा हिजो १३ पदयात्रीको सकुशल उद्धार गरिएको छ, सुरक्षित रहेका आठ पदयात्रीलाई देहरादुन पठाइएको छ, अन्य पाँचलाई आज देहरादुन पठाइने छ,' प्रहरीले भनेको छ।
कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गरेका छन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया