बिएल संवाददाता
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवललाई राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ।
दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिङ मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ।
अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी)ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीशसमक्ष बहस गर्न सकिने बताएको छ। यसअघि, ईडीले अदालतलाई ४८ घण्टाको लागि जमानतमा रोक लगाउन भनिएको थियो तर छुट्टी बेन्चले यसलाई अस्वीकार गर्यो।
अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ।
यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो।
केजरीवाल सर्वोच्चकाे आदेशअनुसार जुन २ मा जेलमा हाजिर भएका थिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया