बिएल संवाददाता
अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन्। त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ।
सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्याएको छ। यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो।
अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो तटबन्ध बनाएको हो। तीव्र हावा र खराब मौसमका कारण यो तटबन्ध दस दिनदेखि सञ्चालन हुन सकेको थिएन। जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेसन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो तटबन्धको प्रयोग बन्द गरेको थियो।
इजरायली सेनाले सैन्य कारबाहीमा यो तटबन्ध वरपरको क्षेत्र प्रयोग गरेको थियो। इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो। तर यो वाचा अझै पूरा भएको छैन। दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया