बिएल संवाददाता
दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेका छन्, ‘तिमी अरुसँग व्यस्त छौ। म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु।’
महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन्। यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छन्।
गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्। शेखा महराको जन्म सन् १९९४मा भएको थियो। ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३को मे महिनामा विवाह गरेकी थिइन्।
शेख माना एक उद्यमी हुन्। उनका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरूजस्ता कम्पनी रहेका छन्। यसबाहेक उनी एक ट्राभलर पनि हुन्।
महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन्। उनीहरुले उनको एकाउन्ट ह्याक भएको बताएका छन्। भने, कैयौंले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया