बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थाइल्यान्डमा संगठन विस्तार गरेकाे छ। पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बैंकक पुगेर आइतबार पार्टीनिकट शुभेच्छुक संगठन स्थापना गरेका हुन्।
भुषण श्रेष्ठकाे संयाेजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएकाे हाे। नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देशहितमा चालेकाे कदमबाट प्रभावित भएर संगठित भएकाे युवाहरूले बताएका छन्।
समाजकाे पदाधिकारीहरूमा राजु बलामी वरिष्ठ उपाध्यक्ष, महेन्द्र श्रेष्ठ उपाध्यक्ष, दिनेश बुढाथोकी महासचिव र राकेश चौधरी थारु सहसचिव चुनिएका छन्। कोषाध्यक्षमा चुडामणि भण्डारी र सह-कोषाध्यक्षमा लोकेन्द्र थुङ्लुङ राई चयन भएका छन्। महिला संयोजकको जिम्मेवारी मलिका जोशीले सम्हाल्ने छिन्। भने, युवा संयोजक कमल गुरुङ चयन भएका छन्।
अन्य पदाधिकारीहरूमा माइला आचार्य (मुख्य सलाहकार), विचाई कालिकोटे (सलाहकार), डऱ्याङ लिम्बु (धार्मिक तथा संस्कृती विभाग प्रमुख), मोहन गौतम (प्रचार प्रसार प्रमुख), केशव अधिकारी (सहयोग विभाग प्रमुख) छन्।
सदस्यहरूमा बिष्णु गैरे (सदस्य), राजेश खनाल (सदस्य), रोशन प्रसाई (सदस्य), गोपाल राना (सदस्य), बिनोद सापकोटा (सदस्य), राजु धिमिरे (सदस्य), सागर बुढाथोकी (सदस्य), रोहन कुमार कर्निकार (सदस्य), टिकाराम घिमिरे (सदस्य) छन्।
प्रवासी नेपाली एकता समाजले थाइल्याण्डमा रहेका प्रवासी नेपालीहरूको हित र राप्रपाको विचारधाराको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
समारोहमा प्रमुख अतिथिको रूपमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो सम्बोधनमा प्रवासी नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए। राप्रपाको मार्गदर्शनमा समाजलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।
लिङ्देनले संगठनको गठनले प्रवासी नेपालीहरूको हक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै संगठनलाई आगामी दिनमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए।
संयोजक भूषण श्रेष्ठले थाइल्याण्डमा रहेका नेपालीहरुलाई संगठनको गतिविधिमा सहभागी हुन आह्वान गर्दै संगठनले आगामी दिनमा विभिन्न कार्यक्रमहरु मार्फत राप्रपाको सिद्धान्तलाई प्रवर्द्धन गर्ने योजना बनाएको बताए।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया