बिएल संवाददाता
बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमा त्रास सिर्जना भएको छ।
पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची मागिएको छ। यस सूचीमा देशका सबै मन्त्रालय र विभागमा कार्यरत समान र उच्च स्तरका सहसचिवसहितका हिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ।
अगस्त २७ मा जारी गरिएको यस आदेशले सेप्टेम्बरको पहिलो साताभित्र सबै हिन्दू अधिकारीहरूको विवरण सरकारलाई बुझाउन आदेश दिएको थियो।
यो आदेश सबै मन्त्रालयहरूमा गोप्य रूपमा पठाइएको थियो। यस आदेशपछि बंगलादेशका सबै मन्त्रालयहरूमा हलचल मच्चिएको छ, जहाँ हिन्दू अधिकारीहरू कार्यरत छन्। आदेशमा पदाधिकारी र कर्मचारीको पूरा विवरण सँगै सफ्ट र हार्ड प्रतिलिपि उपलब्ध गराउन भनिएको छ।
फ्रीडम फर हिन्दू राइट्स इन बंगलादेशका सोमेश बनर्जीले अमर उजाला डट कमसँग कुरा गर्दै, यस आदेशले यहाँ काम गर्ने हिन्दू कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको बताए।
उनले भने, ‘अगस्त ५ पछि बंगलादेशका विभिन्न विश्वविद्यालयबाट करिब ५० हिन्दू शिक्षकलाई निकालिएको छ। अहिले यस्तो आदेशले हिन्दूहरूमा डर पैदा गरेको छ।’
बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउन तयार पारिएको बताएको छ। तर, फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया