बुधबार, १३ अगस्ट २०२५

दक्षिण काेरियाका कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियाेग

News Image
• • •

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूमाथि महाभियोग लगाइएकाे छ। दुई साताअघिमात्र कार्यवहाक राष्ट्रपतिमा नियुक्त भएका सूमाथि शुक्रबार संसदकाे दुईतिहाइ बहुमतले महाभियाेग पारित गरेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। 

उनलाई महाभियोग लगाउने पक्षमा कुल १९२ जना सांसदले मतदान गरेकाे महाभियोग पारित भएकाे समाचारमा जनाइएकाे छ। दक्षिण कोरियामा राष्ट्रपतिलाई महाभियोग लगाउनका लागि १५१ भन्दा बढी मतको आवश्यकता पर्छ।

प्रधानमन्त्री रहेका हान डक सूलाई राष्ट्रपति यून सुक यउललाई महाभियोग लगाइएपछि कार्यवाहक राष्ट्रपति बनाइएको थियो। सुकलाई उनले यही डिसेम्बर ३ मा 'मार्शल ल' घोषणा गरेपछि हटाइएको थियो।

महाभियाेगका विषयमा संसद्‌मा मतदान हुँदै गर्दा विराेध भएकाे थियाे। यउल र हानको सत्ताधारी सत्ताधारी पीपल्स पावर पार्टीका सांसदहरूले सभामुखले महाभियोग प्रस्ताव पारित गर्न १५१ मत मात्र आवश्यक परेको घोषणा गरेपछि विरोध गरेका थिए।

हाल अर्थमन्त्री चोई साङ-मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!