बिएल संवाददाता
भारतकाे आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ६ जनाले ज्यान गुमाएका छन्।
मन्दिरको वैकुण्ठ द्वारको दर्शनका लागि टोकन वितरण गर्ने क्रममा भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा सयाैं मानिसहरू घाइते भएका र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
जनवरी १० देखि सुरु हुने १० दिने वैकुण्ठ द्वार दर्शनका लागि लाखाैं दर्शनार्थी तिरुपति पुग्ने गरेका छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया