बिएल संवाददाता
इजरायल-हमास युद्धविराम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्यालेस्टिनी इस्लामिक समूह (हमास)ले सबैभन्दा पहिले रिहा गरिने तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले रिहा हुने बन्धकहरूको नाम सार्वजनिक नगरेसम्म युद्धविराम लागु नहुने भन्दै सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएका थिए।
सामाजिक सञ्जाल टेलिग्राममार्फत सन्देश सार्वजनिक गर्दै हमासले इजरायलसँग भएको युद्धविराम सम्झौताअन्तर्गत सबैभन्दा तीन जनालाई रिहा गरिने बताएको छ। रिहा गरिने तीनै जना महिला छन्।
रिहा हुनेहरूमा २४ वर्षीया रोमी गोनेन, २८ वर्षीया एमिली डामरी र ३१ वर्षीया डोरोन स्टीनब्रचर रहेको बीबीसीले जनाएको छ। रिहा हुन लागेकी एमिलीसँग इजरायल र ब्रिटेनको दोहोरो नागरिकता रहेको बीबीसीले बताएको छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया