बिएल संवाददाता
अमेरिकामा अवैध रूपमा बसेको प्रमाणित भएका चिनियाँहरूलाई फिर्ता ल्याउन चीन तयार भएको छ।
चिनियाँ विदेश मन्त्रालयले अवैधानिक रुपमा अमेरिकामा बस्दै आएको पहिचान भएका आफ्ना नागरिकलाई फिर्ता ल्याउन तयार रहेको बताएको हो।
मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा सञ्चारकर्मीसँग कुरा गर्दै भने,
‘अमेरिका र अन्य देशका अध्यागमन र कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ। प्रमाणीकरणपछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएमा आफ्ना नागरिकहरूलाई फिर्ता लैजान चीन तयार छ।’
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको दिनबाटै अवैध आप्रवासन रोक्न कठोर नीति अपनाएका छन्। उनले अमेरिकामा अवैध बसिरहेका आफ्ना नागरिकहरू फिर्ता नलैजाने मुलुकहरूमाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका छन्।
यसअघि भारतको विदेश मन्त्रालयले अमेरिकामा अवैध बसेको पुष्टि भएका आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता गर्न तयार रहेको बताइसकेको छ।
नेपाल सरकारले भने हालसम्म अमेरिकामा अवैध बस्दै आएका आफ्ना नागरिक फिर्ता ल्याउनेबारे केही निर्णय गरेको छैन। अमेरिकामा तीन हजार बढी नेपालीहरू अवैध बसोबास गरिरहेको अनुमान छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया