
बिएल संवाददाता
दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको शर्मनाक हारपछि पूर्वमुख्यमन्त्री तथा पार्टीका प्रमुख नेता अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले हार स्वीकार गरेका हुन्। उनले भिडियो सन्देशमा जनताको निर्णय जे भएपनि विनम्रताका साथ स्वीकार गर्ने बताए।
केजरीवालले भने, ‘भारतीय जनता पार्टीलाई जितको लागि बधाई दिन्छु। मलाई आशा छ- उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत १० वर्षमा धेरै काम गर्यौं, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। त्यस्तै हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्यौँ।’
उनले आफूहरू सत्ताको लागि राजनीतिमा नआएको दाबी गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र समाजसेवाका काममा बढी ध्यान दिने प्रतिवद्धता गरे।
२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)को पुनरागमन हुने लगभग निश्चित बनेको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जित निकाल्दा ४६ सिटमा अग्रता लिएको छ।
आम आदमी पार्टीले पनि २ सिट जित्दा २० सिटमा मात्र अग्रता लिएको छ। नयाँ दिल्लीबाट आपमा प्रमुख नेता केजरीवाल पनि पराजित भएका छन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया