बिएल संवाददाता
दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक-सु को महाअभियोग खारेज गरेको छ। सोमबार अदालतले महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरेको हो।
महाअभियोग खारेज भएलगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरिएको छ।
तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए। उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए।
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेका र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले मात्र यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।
नौ सदस्यीय इजलासमा हाल आठ न्यायाधीश छन् किनकि एक जनाको नियुक्ति बाँकी छ। कार्यवाहक राष्ट्रपतिले बाँकी न्यायाधीश नियुक्ति गर्नेछन्।
गत वर्ष डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत हानविरुद्ध महाभियोग लगाइएको थियो। त्यसपछि उनी निलम्बित भएका थिए।
अदालतले पदमा पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै तारिफ गरे।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया