बिएल संवाददाता
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले म्यान्मारका तानाशाही सैन्य शासक मिन आङ हाइङसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालबाट हटाएका छन्।
अप्रिल ३ र ४ मा थाइल्याण्डको बैंककमा आयोजित दुई दिने बिमस्टेक बैठकमा म्यान्मारका सैन्य शासकसँग प्रधानमन्त्री तोब्गेले भेटवार्ता गरेका थिए।
अप्रिल ४ मा तोब्गेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको बर्मेली शासकसँगको तस्बिरमा बर्मेलीहरूले व्यापक आक्रोश र आलोचना गरेपछि उनले सामाजिक सञ्जालबाट तस्बिर नै हटाएका छन्।
पोस्टमा भुटानी प्रधानमन्त्रीले मिन आङ हाइङसँग भेट्न पाउँदा खुसी लागेको र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन काम गर्ने बताएका थिए। आलोचना बढ्दै गएपछि भुटानी प्रधानमन्त्रीले म्यान्मारका सैन्य तानाशाहसँगको भेटको फेसबुक पोस्ट अप्रिल ५ को बिहान हटाएका छन्।

बर्मेलीहरूले मिन आङ हाइङ बर्माका नेता नभएको र दिनदिनै बर्मेली जनताको हत्या गरिरहेको आतंकवादी भएको भन्दै व्यापक आलोचना गरिरहेका छन्।
म्यान्मारका सैन्य तानाशाहसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीले भने आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट मिन आङ हाइङसँगको तस्बिर पोस्ट गरेका छैनन्। उनको सचिवालयले पोस्ट गरेका तस्बिरमा पनि बर्मेलीहरूले आलोचना गरिरहेका छन्।
प्रधानमन्त्री मोदीले भने सैन्य शासकसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। मोदीको पोस्टमा पनि हजारौं बर्मेलीहरूले आक्रोश पोखिरहेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया