बिएल संवाददाता
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बुधबार देशको शीर्ष राष्ट्रिय सुरक्षा निकायले आफ्नो सशस्त्र सेनालाई पाकिस्तानी भूभागमा भएको भारतीय आक्रमणको प्रतिक्रियामा ‘सोही प्रकृतीको कारबाही’ गर्ने अधिकार दिएको बताएका छन्।
प्रधानमन्त्री शरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकको अध्यक्षता गरेपछि एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा सम्बन्धित कारबाही गर्न विधिवत रूपमा अधिकार दिइएको छ।’
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्रको धारा-५१ अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ।’
आणविक शक्ति सम्पन्न दुई देशबीचको यो टकराबको स्थिति गत २२ अप्रिलमा कश्मीरमा भएको आतंकवादी हमलापछि आएको हो। मंगलबार मध्यरातमा भारतले पाकिस्तानका आतंकी ठेगानाहरूमा हवाइ आक्रमण गरेको दाबी गरेको छ।
पाकिस्तानी सेनाले आजाद कश्मीरका छ स्थानहरूमा भारतले हवाइ हमला गरेको बताएको छ। आजाद कश्मीर विवादित कश्मीर उपत्यकाको पाकिस्तानी नियन्त्रित क्षेत्र हो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया