बिएल संवाददाता
बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।
सो घटना बिहान ०५ बजेतिर भएको हो। प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ।
तीनवटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन्। रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिएका छन्।
बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन्।
आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ। साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया