बिएल संवाददाता
दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएका छन्। डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बुधबार बताएका छन्।
नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित ६ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए।
उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन्। वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ।
स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाहरूले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ। राहत टोलीहरूले बोतलबन्द पानी र खाजा वितरण गर्न तथा क्षति वा हताहतको जाँच गर्नका लागि रातभर काम गरेका छन्।
थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार बुधबार बिहान बाढीको सतह कम भएको छ।
मलेसियाको सीमामा रहेको नाराथिवाट प्रान्तमा ट्र्याक धसेका कारण केही रेल सेवा धेरै दिनसम्म बन्द भएपछि पुनः सञ्चालनमा आएको उपगभर्नर प्रिचाले बताए।
वर्षाको मौसममा सामान्यतया समयसमयमा बाढीको प्रकोप देखिए पनि वैज्ञानिकहरूले मानवनिर्मित जलवायु परिवर्तनले वर्षालाई अझ तीव्र बनाएको बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया