बिएल संवाददाता
पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ।
सुरक्षा मिडिया सेलले जारी गरेको विज्ञप्तिअनुसार पर्यटक भिसामा इराक प्रवेश गरेका एक साउदी र एक कुवेती अनबर, सलाहुद्दिन र निनेवेह प्रान्तमा फैलिएको विशाल मरुभूमिमा बेपत्ता भएका थिए।
इराकी सुरक्षा बलले अनबर मरुभूमिमा बेपत्ता पर्यटकको खोजीमा व्यापक अभियान सञ्चालन गर्दा उनीहरूको जलेको शव फेला पारेका हुन्।
विज्ञप्तिमा आतङ्कवादी समूह इस्लामिक स्टेट (आइएस) ले सडक किनारमा छोडेको पुरानो बममा उनीहरूको गाडीले ठक्कर दिँदा भएको विस्फोटबाट मृत्यु भएको आशङ्का गरिएको छ।
यसैबीच अनबर प्रान्तको एक सुरक्षा स्रोतका अनुसार कुवेती र साउदी मरुभूमिमा शिकार यात्रामा रहेका थिए।
उनीहरू आइएसको गतिविधिबाट पूर्णरूपमा सुरक्षित थिएनन्। सन् २०१७ मा आइएसको पराजयपछि इराकमा सुरक्षा स्थितिमा सुधार भएको छ।
यद्यपि आइएसका केही अवशेष सहरी केन्द्र, मरुभूमि तथा उबडखाड क्षेत्रमा लुकेका छन् र उनीहरूले सुरक्षा फौज र सर्वसाधारणविरुद्ध लगातार गुरिल्ला हमला गरिरहेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया