बिएल संवाददाता
श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ।
एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो।
डेङ्गु सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले जानकारी गराएको छ।
श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ। कोलम्बो जिल्लामा सबैभन्दा बढी २१.१ प्रतिशत सङ्क्रमित भेटिएका छन्।
श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले वर्षा याममा यो रोग फैलन सक्ने चेतावनी दिएका छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया