
बिएल संवाददाता
उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ।
इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच, भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ।
हालैका हप्ताहरूमा, १६२ औं डिभिजनको कमान्डमा १४ औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमास आतंकवादी संगठनका नेता याह्या सिनवारको गोप्य बासस्थान (अपार्टमेन्ट) फेला पारी नष्ट गरेको छ।
उक्त अपार्टमेन्ट उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ। रक्षा बलका अनुसार, ‘याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधनहरू प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए। अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरूङ मार्ग रहेको थियो।
सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ।
‘यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो। यसमा हमासका वरिष्ठ अधिकारीहरू सरेका थिए र सञ्चालन गरेका थिए। ‘उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरूङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको’, इजरायली रक्षा बलले जनाएको छ, ‘सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, लुकेको सामग्री, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए।’
सुरूङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुनेगरि निर्माण गरिएको थियो। इजरायली सेनाले याहलोम युनिटका सैनिकहरूले सुरुङलाई नष्ट गरेका छन्।
रक्षा बलले याहलोम युनिटका सैनिकहरूले सुरुङको मार्ग पत्ता लगाएको र सुरूङभित्र सुरक्षा जाँचसमेत गरेको फुटेज साझा गरेको छ। सेनाले हमासको मुख्यालय क्षेत्रमा सुरुङहरू भत्काएको फुटेज पनि साझा गरेको छ।
गुप्तचर सूचनाको आधारमा लडाकूहरूले हमास आतंकवादी संगठनका कार्यकर्ताहरूको दर्जनौं घरहरूमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थहरू नष्ट गरेका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया