बिएल संवाददाता
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ, जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, 'हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो। हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौँ। आगो निभाइएको छ। छ जनाको शव फेला परेको छ।'
'घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, 'घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ।'
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप हुनसक्ने उनले बताए।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया