बिएल संवाददाता
जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन्।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन्।
जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिएका हुन्।
भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन्।
‘बिहीबार साँझ भूकम्पको ७२ घण्टा हुने हुँदा विपद्मा परेका सबैको जीवन बचाउन पूर्ण समर्पणका साथ काम गर्न सरकारले सुरक्षाकर्मी तथा उद्धारमा खटिएका सङ्घसंस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ,’ प्रधानमन्त्री किशिदाले भने।
प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ। वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ।
रिपोर्टअनुसार वाजिमाको तटमा विपद् सफाई कार्यको लागि एउटा जहाज खटाइएको छ।
भग्नावशेष र अबरूद्ध सडकहरूका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ। शक्तिशाली भूकम्पको तीन दिनपछि इशिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो।
भूकम्पपछि सुनामीले इशिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ।
इशिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया