बिएल संवाददाता
सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले मङ्गलबार बताएको छ।
उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिइन्। उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो।
मृतक वा बेपत्ता भएका आप्रवासीहरूको परिवार र आधिकारिक उद्धार तथ्याङ्कहरू सङ्कलन गर्ने सङ्गठनका अनुसार यसमा कूल तीन सय ८४ बालबालिका समावेश छन्। छ हजार सातको मृत्यु वा बेपत्ता अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा भएको हो।
भूमध्य सागरमा नियन्त्रण कडा भएपछि प्राय भीडभाडयुक्त मुस्किलले समुद्रमा चल्ने जहाजहरूमा पर्याप्त खाना र पानीको अभावका साथ सात वटा टापु अफ्रिकामा गरिबी र सङ्घर्षबाट भागेका मानिसका लागि मनपर्ने गन्तव्य बनेका छन्।
मालेनोले भनिन्, “एटलान्टिक मार्ग विश्वको सबैभन्दा घातक मार्ग बनेको छ।” उनले उद्धारकर्मीहरूका लागि साधनको अभाव तथा स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धिका कारण गत वर्ष मृत्यु र बेपत्ताहरूको घटनामा वृद्धि भएको बताइन्।
आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार आठ सय ५२ सम्म पुगेको छ। यो सन् २०१८ को ६४ हजार दुई सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो सबैभन्दा धेरै हो।
अधिकांश करिब ७० प्रतिशत आप्रवासी क्यानरी द्वीप समूहमा पुगेका छन्। उक्त द्वीप समूह उत्तरपश्चिमी अफ्रिकाको तटबाट मुस्किलले एक सय किलोमिटर टाढा छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया