बिएल संवाददाता
कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ। सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा बैंकले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ। साथै,सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने एजेन्डा छ।
साथै, सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्नेलगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया