बिएल संवाददाता
४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमति प्राप्त गरेको छ।
विद्युत विकास विभागको असार १५ गतेको निर्णय अनुसार शुक्रबार परियोजनालाई निर्माणको अनुमति दिइएको हो। बेतन कर्णाली जलविद्युत आयोजनाभन्दा उत्तरतर्फ भारतीय कम्पनी गान्धी मल्लीकार्जुन राओ (जीएमआर)ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अपर कर्णाली हाइड्रोपावरसँगको सिमाना बिवाद टुंगिएसँगै बेतनले निर्माण अनुमति प्राप्त गरेको विभागका महानिर्देशक नविनराज सिंहले बताए।
उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच बिवाद टुंगिएको हो।
विभागले विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत नियमावली २०५० को नियम १७ तथा विद्युत् आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका २०७५ बमोजिम बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनालाई विद्युत उत्पादन अनुमति दिएको हो।
कर्मचारी सञ्चय कोषको लगानीमा सुर्खेत जिल्लाको चौकुने र अछामको ढकारी गाउँपालिकाको सिमानामा बेतन कर्णाली जलविद्युत परियोजना बन्दैछ।
यो परियोजनामा कोषका सञ्चयकर्ता ४० प्रतिशत, संस्थागत रूपमा कोष १५ प्रतिशत, विद्युत् उत्पादन कम्पनी र नेपाल विद्युत् प्राधिकरण १०-१० प्रतिशत संस्थापक शेयरधनी हुने गरी बनाउन लागिएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया