बिएल संवाददाता
साताको पहिलो कारोबार आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।
शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ३४ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया