बिएल संवाददाता
शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ।
कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो।
सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ।
शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर (१.१ अनुपातमा) निष्कासन गर्ने स्वीकृति पाएको छ।
यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ।
शिवश्री हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत नेपालमा दर्ता भएको र निगमित सीमित कम्पनी हो। २७ मंसिर २०७३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।
कम्पनीले २२.२ मेगावाट जडित क्षमताको परियोजना निर्माणको लागि माथिल्लो चाकु ‘ए’ जलविद्युत परियोजनाको लागि उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो।
२२ भदौ २०६७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया