बिएल संवाददाता
साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अंकले बढेर ३ हजार दशमलब ७ बिन्दुमा पुगेर रोकिएको छ।
अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो। नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो।
आज कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ। फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ। मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ।
मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ।
त्यसैगरी सान्भी इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
समता घरेलु लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यस कम्पनीको शेयर मूल्य १०८.०६ रुपैयाँले घटेर प्रतिकित्ता ११४८.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता १७.९९ रुपैयाँले घटेर ५९५.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
हिमालयन डिस्टिलरी लिमिटेड, ग्रिनभेन्चर्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र राधि जलविद्यूत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया