बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ।
एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ।
यसअघि यो सीमा ३ लाख डलर थियो। अन्य व्यवसायीहरूलाई भने १ लाख डलरसम्मको सटही सुविधा मात्र हुनेछ।
सटही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरूले अघिल्लो सटहीमार्फत आयात र त्यसको निर्यात स्थिति जाँच्नुपर्नेछ भने व्यवसायीहरूले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि दिनुपर्नेछ।
गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८.८% बढी हो।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति वृद्धि भएपछि सटही सुविधा खुकुलो बनाएको हो।
हाल सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ (१८.६५ अर्ब डलर) पुगेको छ, जुन १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया