बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ।
आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ।
व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भइको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया