बिएल संवाददाता
सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ।
यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो।
विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ।
चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो।
चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन। यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया