बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु ५६ करोड २० लाख बराबरको कारोबार भयो। शिवम् सिमेन्ट रु १६ करोड ४१ लाख २२ हजार आठ सय ६२, सोनापुर मिनरल्स रु १३ करोड ४१ लाख ४२ हजार चार सय ८४, मैलुङ हाइड्रोपावर रु १३ करोड ३७ लाख ७४ हजार तीन सय ६१ र हाथवे इन्भेस्टमेन्टको रु नौ करोड ७९ लाख ५६ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। चिर्खवा हाइड्रोपावर आठ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी छ दशमलव शुन्य आठ, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले कमाएका छन्। कारोबार भएकामध्ये आज एक सय ७६ कम्पनीको शेयर मूल्यमा वबृद्धि भएको छ।
त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो छ दशमलव २१, सामलिङ पावर कम्पनी पाँच दशमलव शून्य दुई, बोटलर्स नेपाल तराई चार दशमलव ३५, एनएमबी ५० तीन दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले गुमाएका छन्। आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ।
सोमबार उच्च अङ्कले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मङ्गलबार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो। नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झण्डा देखाएको थियो। आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया