बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ। आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुनसकेन।
ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ मा सीमित भएको छ। कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर रू चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा खरिदबिक्री भएका छन्।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रू २५ करोड १५ लाख ६० हजार छ सय सात बराबरको कारोबार भएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रू १६ करोड ५७ लाख ६६ हजार आठ सय ६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रू १४ करोड ५६ लाख ७६ हजार नौ सय ८८, माउण्टेन इनर्जी रू १४ करोड ४० लाख ६९ हजार नौ सय २१ र शिवम् सिमेन्ट रू १३ करोड ७३ लाख १७ हजार दुई सय ६१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले नौ दशमलव ६० प्रतिशतले कमाएका छन्।
समता घरेलु लघुवित्त सात दशमलव १५, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ८७, स्वाभिमान लघुवित्त पाँच दशमलव ४७, एशियन हाइड्रोपावर पाँच दशमलव ३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव २६ प्रतिशतले गुमाएका छन्।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया