बिएल संवाददाता
अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ।
मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ।
कोशी प्रदेशमा यसपटक रु १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ। गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो। गतवर्ष भन्दा यस वर्ष ८३ हजार दुई सय ८२ मेट्रिकटन धान उत्पादनमा वृद्धि भएको निर्देशनालयले जनाएको छ।
मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा रोपाइँ भएकोमा छुटफुट अवस्थामा रहेको वास्मती प्रजातिको धानबाहेक काटिसकिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।
मोरङमा गत वर्षप्रति हेक्टर चार दशमलव आठ मेट्रिकटन धान उत्पादन भएकोमा यसपटक प्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो। प्रमुख सिंहले मोरङमा यस पटक चार लाख १६ हजार पाँच सय मेट्रिकटन धान उत्पादन भएको बताए।
नेपाल सरकारले मोटो धानको मूल्यप्रति क्वीन्टल रु तीन हजार एक सय ९२ र मध्यम धानको मूल्य रु तीन हजार तीन सय ६२ निर्धारण गरेता पनि मूल्यप्रति क्वीन्टल रु तीन हजार तीन सय र मध्यम धानको मूल्य रु तीन हजार पाँच सय सम्ममा स्थानीय बजारमा कारोवार भइरहेको बेलबारी ११ लक्ष्मीमार्गका किसान रमेश दाहालले जानकारी दिएका छन्।
विगतका वर्षमा भन्दा यसपटक धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित भएको बताए। मोरङमा धेरैजसो रन्जीत धान, राम धान, विवि एघार, स्वार्ण लगायतको धान लगाउने गरेको कृषि ज्ञान केन्द्र बिराटनगरले जनाएको छ।
कोशी प्रदेशमा धान उत्पादन हुने जमिन तीन लाख ४० हजार ८२९ हेक्टर रहेको छ।
कोशी प्रदेशको उच्च पहाडी जिल्ला सङ्खुवासभा र मध्यपहाडी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा भने गत वर्षभन्दा धान उत्पादन घटेको र यस्तै उच्च पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु तथा मध्यपहाडी जिल्लाको पाँचथर र इलाममा भने धान उत्पादन बढेको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया