बिएल संवाददाता
सरकारले आगामी वर्षदेखि शिक्षकलाई मासिक रुपमा तलब दिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।
हालसम्म शिक्षकलाई ३–३ महिनामा तलब दिइने गरिएको छ।
यस्तै शिक्षक राजनीतिक दलमा लाग्न नहुने कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए।
त्यसैगरी आगामी ५ वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गरिने, विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा दिइने भएकाे छ।
एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा लिइने पनि पौडेलले बताए। यस्तै दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने सरकारले तयारी गरेको छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया