बिएल संवाददाता
सरकारले सार्वजनिक संस्थानहरूलाई एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ। त्यसका सरकारले ‘होल्डिङ कम्पनी’ बनाउने घोषणा गरेको छ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानलाई एकीकृत रुपमा सञ्चालन गर्न होल्डिङ कम्पनी बनाएर कार्यान्वयन गरिने बताए।
उनले सार्वजनिक संस्थानहरूको सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडका रुपमा विकसित गरिँदै लैजाने पनि बताए। त्यस्तै रुग्न उद्योगहरूलाई सार्वजनिक निजी सोझेदारीमा सञ्चालन गरिने पनि उनले घोषणा गरे।
सार्वजनिक संस्थानको सम्पत्तिलाई मौद्रिकीकरण गरिने र सबै संस्थानहरूको नाममा रहेको जग्गा जमिनलाई चार किल्ला तोक्ने पनि उनले बताए।
बजेटमार्फत उनले नेपालको हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणको पुन:संरचना गरेर नियामकीय क्षमता सुदृढ गरिने पनि घोषणा गरे।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया