बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे।
‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो?’, सांसद थापाले भने।
बजारमा मागको कमी भएको र आर्थिक अवस्था सङ्कटमा रहेको उल्लेख गर्दै सांसद थापाले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताए।
‘हाम्रो खर्च बढिरहेको छ, मध्यम वर्गीय व्यक्ति उच्च करको मारमा परिरहेका छन्, कुनै नयाँ क्षेत्रमा लगानी गर्दा कर बढी तिर्नुपर्दा बैंकमा नै रकम थुप्रिएको छ,’ उनले भने, ‘आर्थिक सङ्कट भइरहेको छ। सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन।’
पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ। खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।
‘आगामी आर्थिक वर्षमा सिक्टा आयोजनाका लागि रु तीन अर्ब रकम माग भएकामा रु एक अर्ब ६० करोड विनियोजन भएको छ, अव यो आयोजना बन्न वर्षाैं लाग्छ’, उनले भने, ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन।’
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया