बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे।
‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो?’, सांसद थापाले भने।
बजारमा मागको कमी भएको र आर्थिक अवस्था सङ्कटमा रहेको उल्लेख गर्दै सांसद थापाले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताए।
‘हाम्रो खर्च बढिरहेको छ, मध्यम वर्गीय व्यक्ति उच्च करको मारमा परिरहेका छन्, कुनै नयाँ क्षेत्रमा लगानी गर्दा कर बढी तिर्नुपर्दा बैंकमा नै रकम थुप्रिएको छ,’ उनले भने, ‘आर्थिक सङ्कट भइरहेको छ। सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन।’
पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ। खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।
‘आगामी आर्थिक वर्षमा सिक्टा आयोजनाका लागि रु तीन अर्ब रकम माग भएकामा रु एक अर्ब ६० करोड विनियोजन भएको छ, अव यो आयोजना बन्न वर्षाैं लाग्छ’, उनले भने, ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन।’
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया