बिएल संवाददाता
नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १५. ४६ अङ्कले बढेर दुई हजार ११९. ६९ अङ्कमा रोकिएको हो।
आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ।
आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०. १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३. ४३ प्रतिशतले बढेको छ।
त्यस्तै बैंकिङ ०.४८, होटल तथा पर्यटन १. ७५, जलविद्युत् ०.२२, लगानी १.८९ र जीवन बीमा १.९७ प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बीमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ।
त्यसैगरी आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४. ७५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ९ लाख ४ हजार ६९४ बराबरको कारोबार भएको छ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया